भकारो सुधार कार्यक्रम अनुदान रकम बितरण
यस पर्सागढी नगरपालिकाको आ.ब.०७६÷०७७ को शसर्त अनुदान रकम तर्फ कृषि बिकास शाखा अन्र्तर्गत भकारो सुधार कार्यक्रम अनुदान रकम बितरणका लागि यस पर्सागढी नगरपालिका वडा नं १ देखि .९ सम्मका पशुपालक कृषकलाई आज एक कार्यक्रम बिच कृषि शाखाको सहजिकरणमा नगर–प्रमुख लोक नारायण यादव ज्यु मार्फत भकारो सुधार कार्यक्रम अनुदानमा बितरणका मापदण्ड अनुरुप छनौट सुचिमा परेका ३० जना पशुपालक कृषक लाई प्रति कृषक नगद रकम रु.१०,००० का दरले जम्मा रकम रु .३०००००।– अक्षरुपि तिन लाख मात्र न.पा.को बैठक कक्षमा बितरण गरिएको छ । सुधारिएको भकारो बाट संकलित पशुमुत्र लाई मल तथा बिषादीको रुपमा प्रयोगमा ल्याउनका टेवा पुग्नेछ । गोठे मल को गुणस्तर कायम गर्नका लागि समेत यस कार्यक्रम ले सहयोग मिल्ने कृषि शाखा प्रमुख खडक बहादुर खत्री ले बताउनु भयो । स्वच्छ स्वस्थ्य पशु गोठ ब्यस्थापनका लागि आगामि दिनहरुमा समेत निरन्तरता दिईनुपर्ने कृषक हरुको भनाई रहेकोछ । पर्सागढी न.पा.पशुपालनको क्षेत्रमा नमुनाको रुपमा बिकसित भईरहेको बर्तमान अवस्थामा एकिकृत कृषि तथा पशु बिकास कार्यक्रमहरु आगामि आ.ब.०७७÷०७८ मा समेत लागु गरिने किसान हितमुखि कार्यक्रमलाई बढावा र निरन्तरता दिने प्रतिबद्धता समेत नगर प्रमुख लोक नारायण यादव ज्यु बाट ब्यत्त गरिएको छ ।